काठमाडौँमा मेघ गर्जनसहित वर्षा


काठमाडौँ । काठमाडौँ उपत्यकामा अहिले मेघ गर्जनसहित वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायुबाट विकसित प्रणालीबाट वर्षा भइरहेको बताएको छ । महाशाखाका अनुसार आज आज मध्यमसम्म वर्षा हुन सक्छ ।
स्थानीय वायुबाट विकसित पानी पार्ने प्रणाली काठमाडौँ उपत्यकाको दक्षिण–पश्चिमबाट प्रवेश गरेको हो । थानकोटबाट सुरु भएको वर्षा उत्तर पूर्व फैलिँदै गएको बताइएको छ  ।

प्रकाशित मिति : २०८१ जेष्ठ २२ गते मङ्गलवार