वन वातावरण पत्रकार संघ तदर्थ समिति गठन


काठमाडौँ । वन तथा वातावरण क्षेत्रलाई विट बनाएर रिपोर्टिङ गर्ने पत्रकारले वन वातावरण पत्रकार संघ, नेपाल नामक तदर्थ समिति गठन गरेका छन् ।

आज काठमाडौँमा भएको भेलाले ११ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको अध्यक्षमा सुशील मैनाली रहेका छन् । समितिको सदस्यहरूमा हरि बास्तोला, रोजिना थापा, भानुभक्त आचार्य, अनिल पराजुली, प्रेम बास्तोला रहेका छन् ।

यसैगरी संघको अन्य सदस्यहरूमा शुभलक्ष्मी विक, अञ्जली थापा, विकास आचार्य, घनश्याम पौडेल र केशव भण्डारी रहनुभएको पत्रकार रामकृष्ण भण्डारीले जानकारी दिए ।

ग्रिन फाउन्डेसन नेपालको रोहबरमा पत्रकारको भेलाले सो संघ गठन गरेको जनाएको छ । सो अवसरमा फाउन्डेसनका अध्यक्ष घनश्याम पाण्डे, बागमती प्रदेश सभा सदस्य भारती पाठक, निजी तथा पारिवारिक वनका अध्यक्ष जोगराज गिरी लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २०८१ असार १७ गते आइतवार